सोमबार, साउन ३० २०७९

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए



  • नेपालदीप
  • सोमबार, साउन १६ २०७९
1K
SHARES

काठमाडौंको तारकेश्वरस्थित काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटिएको छ। उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनायो।

प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। यसैगरी अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको छ।

परिसरका एसएसपी भरत बोहराले घटना भएको जानकारी आएपछि प्रहरी टोली अनुसन्धानका लागि पुगिसकेको जानकारी दिए।

चारै जनाको शव घरभित्र फेला पारेको प्रहरीले जनायो। विद्यालय जाने समयमा उनीहरु घरबाट ननिस्किएपछि सोधीखोजी गर्दा उनीहरु मृत भेटिएको बताइएको छ। घरभित्र धारिलो चक्कु भेटिएको प्रहरीले जनायो।

मृतक श्रीमानश्रीमती र छोराछोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी बोहराले बताए

प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको र त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार