सोमबार, साउन ३० २०७९

सिंहदरबारभित्रै ‘नासु बचाऊ अभियान’ माग सम्बोधन नभए आन्दोलन थप चर्काउने



  • नेपालदीप
  • सोमबार, साउन १६ २०७९
817
SHARES

संघीय निजामती सेवा ऐनमा विभिन्न मागहरु सम्बोधन गर्नु पर्ने भन्दै सिंहदरबारभित्रै कर्मचारीहरुले प्रर्दशन गरेका छन् ।

निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईको नेतृत्वमा ‘नासु बचाऊ अभियान’ले सिंह दरबार परिसरका सडकमा प्रदर्शन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन् । उनीहरुले बिहान ९:२५ देखि ९:५५ बजेसम्म प्रदर्शन गरेका हुन् ।

सरकारले लामो समयदेखि ल्याउन खोजेको संघीय निजामती सेवा ऐनमा कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था राख्नुपर्ने बताएका छन् । नायब सुब्बालाई अन्याय भएको भन्दै ऐनमा शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिष्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।

अहिले सांकेतिक रुपमा विरोध गरेपनि मागहरु सम्बोधन नभएमा आन्दोलन थप चर्काउने बताएकाछन ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार