सोमबार, साउन ३० २०७९

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना पुष्टि



  • नेपालदीप
  • मंगलबार, साउन १७ २०७९
950
SHARES

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो । मुख्यमन्त्रीसँगै उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईलाई संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

उनका अनुसार सोमबार मुख्यमन्त्रीसहित उनका परिवारका सदस्यहरु सचिवालय, निवासका सुरक्षाकर्मी र कर्मचारीलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो।

मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार