सोमबार, साउन ३० २०७९

स्वचालित मूल्य प्रणालीको अवज्ञा गर्दै आयल निगमले मुल्य समयोजन गरेन



  • नेपालदीप
  • बिहिबार, साउन १९ २०७९
741
SHARES

आईओसीबाट सोमवार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घट्नुपर्ने भएपनि निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने बुधबार विज्ञप्तिमार्फत जनाएको थियो ।

आईओसीबाट सोमवार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर ९ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । निगमलाई मट्टितेल र हवाई इन्धनमा भने यसअघि नै नाफा रहेको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगमबाट स्वचालित मूल्य प्रणालीको अवज्ञा भएको आरोप लगाएको छ । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष आरसी लामिछानेले मूल्य समायोजन नगरी निगमले उल्टै धम्कीसहितको विज्ञप्ति जारी गरेको भन्दै आक्रोश पोखेका छन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार