सोमबार, साउन ३० २०७९

ठुलो संख्यामा म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी



  • नेपालदीप
  • बिहिबार, साउन १९ २०७९
950
SHARES

काठमाडौं। सरकारले संघ र प्रदेशको निर्वाचन एकै चरणमा घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रकृया अघि बढाइने बताए ।

उनले भने,’ केन्द्रिकृत सुरक्षा योजना बनाएर अघि बढ्छौं । झण्डै १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुल्ने सम्भावनाम छ । चुनावको थ्रेटको मुल्याकंन गरेर अघि बढ्छौं ।

यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए।

संघ र प्रदेशको निर्वाचन आगामी ४ मंसिरमा हुने भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार