
सत्ता गठबन्धनको बैठक आज बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
सरकारले बिहीबार निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर सिट बाँडफाटबारे छलफल गर्न लागेको हो । बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।
गठबन्धनका नेताहरु सिट बाँडफाँटको विषयमा कुरा मिलिसकेको छैन । सत्ता गठबन्धनका एकजना नेताहरुले आजको बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुने बताए ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।