सोमबार, साउन ३० २०७९

गएरातिबाट बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा



  • नेपालदीप
  • शुक्रबार, साउन २० २०७९
741
SHARES

चितवन। पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका-२९ मा रहेकाे केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

एक हप्ताको अवधिमा यस क्षेत्रमा पटक-पटक पहिरो खसेर सडक अवरुद्ध भइरहेकाे छ । बर्खाको समयमा नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडककाे अवस्थाबारे ख्याल गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार