सोमबार, साउन ३० २०७९

टिच फर नेपालका संस्थापक शिशिर काठमाडौँ – ६ बाट उम्मेदवार बन्ने

फेरी अर्को आँट - परिवर्तनका लागि



  • नेपालदीप
  • शुक्रबार, साउन २० २०७९
1K
SHARES

टिच फर नेपालका संस्थापक शिशिर खनालले काठमाडौँ – ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन।
यस्तो छ उनको बिचार

देशको समग्र दिशा परिवर्तनका लागि राजनीति महत्त्वपूर्ण र अपरिहार्य मार्ग हो भन्ने बोध सानै उमेरदेखि हुँदा हुँदै पनि राजनीतिमा सक्रिय रुपमा प्रवेश गर्ने आँट निकाल्न सकेको थिइन । मध्यम वर्गीय परिवारका आफ्नै खाले बाध्यताहरू हुन्छन् । रोजीरोटी र सामाजिक बन्धनबाट निस्किएर केही फरक गर्न कैयौँ सामाजिक, पारिवारिक र मानसिक अवरोधहरुबाट बाहिर निस्कन सक्नु पर्ने हुन्छ ।

आफूसँग भएका ज्ञान, सीप र क्षमतालाई केवल बजारको मूल्यमा साट्नु भन्दा पर गएर केही गरिहाल्न हजारौँ पटक सोच्नु पर्ने आफ्नै खाले वाध्यताहरू पनि हुन्छन् । तर यी बाध्यता र चुनौतीहरुले वर्षौँदेखि मन भित्रको रहेको हुटहुटि कहाँ मार्न सक्छ र ।

दीर्घकालीन राष्ट्रिय स्वार्थ भन्दा क्षणिक स्वार्थमा हराई रहेको नेतृत्वको छेउमा बसेर चुपचाप हेरेर परिवर्तन को आशा गरीराख्न अब मनले मानेन। बरु सक्रिय राजनीतिमा लागेर विश्वस्तरका विश्वविद्यालयबाट सार्वजनिक नीति र राजनैतिक अर्थशास्त्रमा आर्जन गरेको ज्ञान, शिक्षा र समुदायको खारिएको बुझाई, तुलसीपुर उपमहानगरपालिकामा निर्माण गरेको नीति र परिवर्तनका मार्गचित्र र उद्यमशीलता का पाठहरूलाई देशको वृहत् हितमा लगाई उपयोगमा लगाउने विचार सहित नयाँ आँट गरेको छु ।

आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौँ – ६ बाट सङ्घीय संसदका लागि उम्मेदवार हुनेछु।
सधैँजस्तो मलाई आड भरोसा दिने मेरो परिवार र शुभचिन्तक, मेरो अठोटका खम्बाहरु आदरणीय पथप्रदर्शक र सहयोगीहरू, साथै देशै भरी मैले सँगै काम गरेका युवाहरू, दशौँ हजार साना भाइबहिनी र बुवाआमाका सपनाहरू नै मेरो प्रेरणा हुन्।
फेरी अर्को आँट – परिवर्तनका लागि ।
परिवर्तन हाम्रै पालामा ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार