
काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्का चीन जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्का मंगलबार ( साउन २४ गते ) चीन जाने भएका हुन् ।
उनी चिनियाँ समकक्षी वाङ यी को निमन्त्रणमा चीन जान लागेका हुन् । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।