सोमबार, साउन ३० २०७९

कोरोना संक्रमणबाट सेती अस्पतालमा उपचाररत एकको मृत्यु



  • नेपालदीप
  • शुक्रबार, साउन २० २०७९
703
SHARES

धनगढी। सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो। तर, परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार