सोमबार, साउन ३० २०७९

कोरोना अपडेट : थपिए ९१२ जना कोरोना संक्रमित, एकको मृत्यु



  • नेपालदीप
  • शुक्रबार, साउन २० २०७९
855
SHARES

काठमाडौं। मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ४९१ जनामा कोरोना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्य २ हजार ९४१ जनामा पीसीआर परीक्षण गर्दा ५२९ र ३ हजार ५५० जनामा एन्टीजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् भने एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यससँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ८९ हजार ३५० र एन्टीजेनतर्फ १ लाख ४४ हजार १७५ जना पुगेका छन् । त्यस्तै निको हुनेको संख्या ९ लाख ७१ हजार ६२० पुगेको छ।

हालसम्म ११ हजार ९७० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार