शुक्रबार, असोज २१ २०७९

आज पनि बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?



  • नेपालदीप
  • बुधबार, साउन २५ २०७९
1.7K
SHARES

काठमाडौँ। बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ।बुधबार चाँदीको भाउमा भने गिरावट देखिएको छ।

चाँदीको भाउ मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको हो।

चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार