शुक्रबार, असोज २१ २०७९

काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा भीषण आगलागी



  • नेपालदीप
  • बुधबार, साउन २५ २०७९
1.6K
SHARES

काठमाडौं। बालाजुको बाइपासनजिकै एक कारखानामा भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए।

प्रहरीका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। त्यसका लागि काठमाडौं र ललितपुरका दमकल आगलागी भएकाे ठउँमा पुगिसकेका छन्। सुरक्षाकर्मीसहित स्थानीय पनि आगाे निभाउने कार्यमा जुटेका छन्।

कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना बढेपछि स्थानीय त्रसित छन्। आगोलागीको कारण भने खुल्न बाँकी रहेको बालाजु प्रहरी वृत्तले जनाएको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार