शुक्रबार, असोज २१ २०७९

बझाङमा एकैपरिवारका आमासहित छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिए



  • नेपालदीप
  • बुधबार, साउन २५ २०७९
1.9K
SHARES

बझाङ। बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिएका छन् ।

रारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छाेरी र तीन वर्षीया छाेरा भुपेन्द्र पार्की झुन्डिएकाे अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए । मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेकाे छैन ।

गएराति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिएका छन्  । घटनाकाे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टाेली घटनास्थलतर्फ जाँदै छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार