शुक्रबार, असोज २१ २०७९

कोरोना अपडेट : थपिए ८६८ जनामा कोरोना संक्रमित, तीनको मृत्यु



  • नेपालदीप
  • बुधबार, साउन २५ २०७९
2.1K
SHARES

काठमाडौं। ६७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा कोरोना भाइरस सं‌क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३६१४ नमूनाको पीसीआर र ३०९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

सोही समयमा कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५८८५ रहेको छ।

पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको भनाइ छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार