शुक्रबार, असोज २१ २०७९

आज झन्डै ५६ अङ्कले बढेर शेयर बजारमा हरियाली



  • नेपालदीप
  • सोमबार, साउन ३० २०७९
1.1K
SHARES

काठमाडौँ। लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार ५५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६५ दशमलव ८९ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनानस, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय १५ वटा कम्पनीकाे ६० लाख २६ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज राधी विद्युत् कम्पनी, रिभल फल्स पावर, मल्टिपर्पोज फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि रिडी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार