शुक्रबार, असोज २१ २०७९

थप ८८८ जनामा कोरोना संक्रमण, एकको मृत्यु



  • नेपालदीप
  • सोमबार, साउन ३० २०७९
1.3K
SHARES

काठमाडौं। मुलुकभर बितेको चौबिस घन्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ७३७ जनामा परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्य ३ हजार १५५ नमुनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ जनामा एनटीजेन परीक्षण गर्दा ४६१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ४७४ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआरतर्फ ९ लाख ९३ हजार ४५९ र एन्टीजेनतर्फ १ लाख ४७ हजार ३७३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ । हालसम्म ११ हजार ९८९ संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ पुगेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार