शुक्रबार, असोज २१ २०७९

काठमाडौं उपत्यकामा थपिए २६४ जना कोरोना संक्रमण



  • नेपालदीप
  • सोमबार, साउन ३० २०७९
1.2K
SHARES

काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १ सय ९८, ललितपुरमा ४२ र भक्तपुरमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५७ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ३ सय २०, ललितपुरमा ८ सय ७४ र भक्तपुरमा ६३ जना रहेको मन्त्रालयले जनाएको छ।

सोमबार देशभर ८ सय ८८ जना जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८७ पुगेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार