मंगलबार, माघ २४ २०७९

वृज सिमेन्टले गर्‍यो पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर



  • नेपालदीप
  • सोमबार, साउन ३० २०७९
3.4K
SHARES

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले श्रावणको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निस्शुल्क खानेपानी , स्वास्थ्य शिविर , फलफुल जुस लगायतका सेवा प्रदान गरेको छ । लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल , वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो ।

बिभिन्न स्थानबाट पशुपति दर्शन गर्ने आउने भक्तजनहरुलाई १५० जना स्वयंमसेवकहरु द्धारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा , दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो । उक्त्त स्वास्थ्य शिविरका अनुसार करीब २००० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

श्रावणको सोमबार देशभर महादेबको बिभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ , डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ। वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि को यो कार्य बार्षिक कार्यक्रम अन्तर्गत गरिएको कम्पनीले जनाएको छ।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार