शुक्रबार, असोज २१ २०७९

बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर गयो भूकम्प



  • नेपालदीप
  • शनिबार, भाद्र ४ २०७९
1.4K
SHARES

काठमाडौं। बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ः२८ बजे बाँकेको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो।

यो गोरखा भूकम्पको परकम्प नभएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो।

भूकम्पबाट क्षति भएको विषयमा कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार