आइतबार, मंसिर ११ २०७९

अवकाशप्राप्त प्रधानसेनापति र जर्नेलहरूसँग लगालग छलफल गर्दै राष्ट्रपति



  • नेपालदीप
  • बुधबार, भाद्र ८ २०७९
2.4K
SHARES

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुझाव नसमेटी संसदबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी छिन्।

यस क्रममा छलफल गर्न बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई शीतल निवासमा बोलाएको स्रोत बताउँछ। प्रतिनिधिसभाले गत भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको थियो। त्यसको भोलिपल्टदेखि राष्ट्रपति भण्डारीले कानुनविद्लाई बोलाएर छलफल गरिरहेकी छिन्।

गत साउन २९ गते संसदमा फिर्ता पठाउनुअघि पनि राष्ट्रपति निरन्तर परामर्शमा व्यस्त थिइन्। अहिले पनि त्यो क्रम जारी छ। उनी विधेयक प्रमाणित नगर्ने बरु राजीनामा दिने ‘मुड’मा देखिएको स्रोतको दाबी छ।

राष्ट्रपति भण्डारीसँग मंगलबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूले पनि भेटघाट गरेका थिए। सरकारले सत्य निरुपण तथा मेलमिलाप विधेयक संसदमा दर्ता गरेपछि विभिन्न देशका राजदूतले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट