आइतबार, मंसिर ११ २०७९

आज पनि बढ्यो नेप्से



  • नेपालदीप
  • बुधबार, भाद्र ८ २०७९
1.8K
SHARES

काठमाडौँ। शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८७ अङ्कले बढेर दुई हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र लगानी समूहकाे शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ ।

नेप्से समान्य बढेकाे दिन दुई सय २३ वटा कम्पनीकाे ३६ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १६ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिद्धार्थ इक्विटी फन्डकाे शेयर भने सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट