शुक्रबार, असोज २१ २०७९

जिपको ठक्करले बझाङमा पैदल यात्रीको मृत्यु



  • नेपालदीप
  • बिहिबार, भाद्र १६ २०७९
1.1K
SHARES

बझाङमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।
केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए।

ओखेडाको घटनास्थलमै मृत्यु भएको हो।
बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार