शुक्रबार, असोज २१ २०७९

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य



  • नेपालदीप
  • सोमबार, भाद्र २० २०७९
988
SHARES

आजको खेलमा जित निकाल्दै सिरिज क्लिन स्विप हुनबाट जोगिन चाहेको केन्याले पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनायो । केन्याले अन्तिम एक दिवसीयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २५६ रनको लक्ष्य दिएको छ । केन्याका लागि कोलिन्स ओवियले ८४ रनको अर्धशतकीय पारी खेले । १११ बल खेलका उनले ७ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै लुकास डानडसनले ५९ रनको अर्धशतकीय पारी खेले । २७ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । केन्याका सुकदीप सिंहले ३७ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले दुई–दुई विकेट लिए ।
त्यस्तै बसिर अहमद र साहव आलमले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने योजनामा छ । तीन खेलको एकदिवसीय सिरिजमा नेपालले एक खेल अगावै सिरिज जितिसकेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार