शुक्रबार, असोज २१ २०७९

पशुपति क्षेत्रका साधु र सन्तसँग इसाई धर्म प्रचार गर्नेलाई कारवाहीको माग



  • नेपालदीप
  • मंगलबार, भाद्र २१ २०७९
2K
SHARES

एमाले नेता भीम रावलले पशुपति र हिन्दु धर्मको निन्दा गर्ने क्रिश्चियन धर्मगुरुमाथि कारबाहीको माग गरेका छन् । रावलले पशुपति क्षेत्रमा रहेका साधु सन्तसँग क्रिश्चियन धर्म गुरु पास्टर ईसा राईले गरेको तल्लोस्तरको कुराकानीको विरोध गर्दै उनीमाथि कारवाहीको माग गरेका हुन् ।

‘पशुपतिनाथ र हिन्दु धर्मलाई होच्याएर राईले गरेको कुराकानी अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ,’ रावलले अगाडि भने, ‘अहिले उक्त कार्यको सर्वत्र विरोध भएको छ । सामाजिक सञ्जालमा हालिएको उक्त भिडियो हेरेर कारवाही गरियोस् ।’

नेता रावलले नेपालको संविधानविपरीत पशुपतिनाथविरूद्ध सोही क्षेत्रमा गएर साधु र सन्तसँग इसाई धर्मको प्रचार गर्ने दुस्साहसलाई कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार