शुक्रबार, असोज २१ २०७९

सन्दीपले गुमाउलान क्रिकेट कप्तानी र अन्तर्राष्ट्रिय लिगहरु



  • नेपालदीप
  • बुधबार, भाद्र २२ २०७९
1.3K
SHARES

काठमाडौं । प्रहरीमा जबरजस्ति करणीको जाहेरी परेसँगै नेपाली क्रिकेट कप्तान सन्दिप लामिछानेले गुमाए क्रिकेट कप्तानी र अन्तर्राष्ट्रिय लिगहरु गुमाउने भएकाछन। उनको उदाउँदो करिअरमा कालो बादल छाएको छ । गम्भीर आरोपमा मुछिएको हुँदा मुद्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउने छन ।

सन्दीपविरुद्ध एक किशोरीले जबरजस्ति करणीको जाहेरीपछि उनको क्रिकेट करिअर जोखिममा परेको हो । आरोप प्रमाणित नभएसम्म उनलाई दोषी ठहर गर्न नमिल्ने भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले उनको कप्तानी तत्काललाई ‘निलम्बन’ मा राख्न सक्छ । क्यानका अध्यक्ष चतुरबहादुर संघले बसेर यस विषयमा निर्णय लिने बताए ।
भदौ ५ मा नाबालिगलाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए ।

जाहेरी परेपछि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ। बलात्कार भएको भनिएको स्थानमा क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ । भने थापाथलीस्थित प्रसूति गृहमा पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ ।

लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ । पीडितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको भनेकी छन् । त्यसअघि आफूलाई नगरकोट लगेको पनि बताएकी छन् ।

नगरकोटमा सन्दिपले दुर्व्यवहार गर्ने मनसायले लामो समयसम्म राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । त्यसैले पीडित नाबालिक भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुन्छ ।

‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौन्जन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने युसको उपदफा (२) मा भनिएको छ ।

‘घटनास्थल फरकफरक भएकाले यो अभियोग पनि आकर्षित हुनसक्छ, यद्यपि यो अनुसन्धानपछि टुंगिने विषय हो,’ काठमाडौं प्रहरीका एक अधिकृतले भने ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार