शुक्रबार, असोज २१ २०७९

चोलेन्द्रले उठाएका माधव नेपाल र ललिता निवास भ्रष्टाचार मुद्दाको पेसि किन पार्दैनन कामु ?



  • नेपालदीप
  • बिहिबार, भाद्र २३ २०७९
2K
SHARES

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडपिएको प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई जोगाउन आफूविरुद्ध महाअभियोग लगाइएको दाबी गरेको कुरा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई जेल जानबाट हामिले जोगाइदिएका हौ भन्ने भनाईबाटै पुस्टी भएको छ। गठबन्धन सरकार र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की रहदासम्म अघि नबड्ने देखिन्छ।

चोलेन्द्र शमशेरले महाअभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा आफूलाई अभियोग लगाउनुको मुख्य कारणमध्ये एक ललिता निवासको जग्गा प्रकरण पनि रहेको खुलाएका थिए।

‘बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनलाई लिएर २०७८ कात्तिक १५ गते तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्छ भन्ने गरी फैसला सुनाउने तयारी भएको थियो’, उनले भने, ‘तर उक्त फैसलालाई रोक्ने गरी त्यसअघि नै मविरुद्ध योजनावद्ध आन्दोलन थालियो। बारका केही पदाधिकारीलाई प्रयोग गरियो, सर्वोच्चभित्र नै खेल्ने काम भयो।’

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै सर्वोच्च अदालतमा पाँच वर्ष, सात वर्ष र १० वर्षका मुद्दा पनि छन् भन्दा मलाई पनि आत्मग्लानि हुन्छ,” भने, तर त्यसको ठिक बिपरित बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना र एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा अध्यक्ष ओलीले नेपाल सहित १४ सांसदलाई को मुद्दा भने आफ्नै ईन्ट्रेस्ट्मा पेसि तोक्दै तोकेका छैनन।

जबराले उनी निलम्बित भएपछि कायममुकायम प्रधानन्यायाधीश भएका दीपककुमार कार्कीदेखि प्रधानन्यायाधीशकै रोल क्रममा रहेका हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउतलगायत न्यायाधीशहरूले गठबन्धनको दवावमा परेर काम गरेको भनि लगाएको आरोप पुस्टित हुदैन ? कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की रहदासम्म गठबन्धनसंग नजिक भएकाहरुको मुद्दा अघि नबड्ने नै हो त।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार