शुक्रबार, असोज २१ २०७९

राष्ट्रियसभाका अध्यक्षको ‘भद्र बहिष्कार’ ले गरेको करेक्सन, बीआरआईमा सभामुखले गरे सम्झौता



  • नेपालदीप
  • बुधबार, भाद्र २९ २०७९
779
SHARES

काठमाडौं : चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुको सम्मानमा सभामुख अग्निप्रसाद सापकोटाले सोमबार आयोजना गरेको रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी नभएर भद्र बहिष्कार गरे। समकक्षी लीको भ्रमणबारे राष्ट्रियसभा अध्यक्षसंग समन्वय नगरेको र प्रोटोकल नमिलाई होटलमा भेट्ने जस्ता प्रबन्ध गरेको प्रति आपत्ति जनाएसंगै परराष्ट्रले अध्यक्ष तिमिल्सिनासँग संसद् भवनमा भेटघाट गर्ने प्रबन्ध मिलाएको थियो।

दुई सभामुखबीच सोमबार भएको समझदारीपत्रमा ‘संघीय संसद्का तर्फबाट’ भनिएकामा पनि अध्यक्ष तिमिल्सिनाको आपत्ति छ। ‘समझदारीपत्रबारे अध्यक्षलाई थाहै छैन। संघीय संसद् भनेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त रूप हो’, ती अधिकारीले भने, ‘सभामुखले गरेको सम्झौता कसरी संघीय संसद्को हुन्छ ? सभामुख अग्निप्रसाद सापकोटाले गरेको समझदारीआपुरो।

बीआरआईमा सभामुखले गरे सम्झौता

नेपाल–चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारीमा बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) पनि समेटिएको छ। सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले सोमबार गरेको समझदारीमा यो विषय समेटिएको हो।

सम्झौताको ५औं बुँदामा बीआरआईमार्फत दुई देशबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने उल्लेख छ।
योसँगै ६ बुँदे समझदारीमा सोमबार सभामुख सापकोटा र लीबीच हस्ताक्षर भएको संसद् सचिवालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार