शुक्रबार, असोज २१ २०७९

बचत खाताको ब्याज दर नै दोहोरो अंकमा



  • नेपालदीप
  • शुक्रबार, भाद्र ३१ २०७९
950
SHARES

काठमाडौं। असोज महिनाका लागि बैंकहरुको ब्याज दर एक प्रतिशत बिन्दुभन्दा बढीले वृद्धि गरेका छन्। बचत खाताको ब्याज दर नै दोहोरो अंकमा पुगेको छ।

नेपाल बैंकर्स संघले ६ महिनादेखिको सिन्डिकेट खारेज गर्ने निर्णय गरेसँगै शुक्रबार असोज १ बाट लागू हुने ब्याज प्रकाशित गरेका बैंक तथा वित्तीय संस्थाले बचतसँगै मुद्दतीको दर बढाएका हुन्।

बचत तथा मुद्दतीको ब्याज दर बढ्दा निक्षेपकर्तालाई लाभ पुगे पनि अर्थतन्त्रको लागत भने बढ्छ। यसले मूल्यवृद्धि माथि लैजान्छ भने लगानी निरुत्साहित गर्छ।

संघको बिहीबार बसेको कार्य समिति बैठकले ६ महिनादेखिको सिन्डिकेट खारेज गरेर बैंकहरुलाई नै ब्याज दर निर्धारण गर्ने अधिकार दिएको थियो।

अघिल्लो महिनाको औसतको १० प्रतिशतका दरले ब्याज दर तल वा माथि गर्न पाइने नियामकीय प्रावधान छ। यो प्रावधानलाई टेकेर बैंकहरुले साधारण मुद्दतीको ब्याज दर ११.०३ प्रतिशतबाट १२.१३ प्रतिशत पुर्‍याएका छन्।

यो ब्याज दर ६ महिनादेखि स्थिर छ। राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत ब्याज बढाउन चाहे पनि लागत बढ्ने भन्दै बैंकरले बढाएका थिएनन्। असोजमा भने आधार दर पुनरावलोकन गर्न पाइन्छ। त्यसो हुँदा ब्याजको सिन्डिकेट हटाएर संघले बढाउने दिशामा निर्णय लिएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार