शुक्रबार, असोज २१ २०७९

सेनाका परिवारलाई निःशुल्क यातायात सेवा



  • नेपालदीप
  • आइतबार, असोज २ २०७९
2.6K
SHARES

नेपाली सेनाले बडा दशैंलाई लक्षित गरेर निःशुल्क यातायात सेवाको प्रबन्ध मिलाएको छ । सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुका लागि यातायात सेवाको व्यवस्था गरिएको हो ।

विभिन्न कल्याणकारी सेवासुविधाअन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उध्देश्यका साथ गत भदौ २९ देखि असोज १८ गतेसम्म जमिनी एवम् हवाई मुभ सञ्चालन गरी गन्तव्यस्थलसम्म पुर्याइने सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सेनाले भनेको छ,‘यस वर्ष बडा दशैंको बिदामा घर जान चाहने अधिकतम सकलदर्जा तथा आश्रित परिवारलाई जमिनी तथा हवाई यातायातमार्फत सम्बन्धितहरुको गन्तव्यसम्म पुर्याउने योजना रहेको व्यहोरासमेत जानकारी गराइन्छ ।’

दुर्गम पहाडी–हिमाली क्षेत्रहरुमा हवाई उडान सञ्चालन गर्ने योजनाअनुरुप हालसम्म १३४ जना लाभान्वित भएको सेनाले जनाएको छ । जमिनी मुभ आगामी असोज ४ गतेबाट सञ्चालनमा आउने जनाइएको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले यो कार्यक्रमको शुरुवात गरेका हुन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार