शुक्रबार, असोज २१ २०७९

प्रधानन्यायाधीश राणालाई रोक्न आज पनि निवास र सर्वोच्च परिसरमा सुरक्षाकर्मी तैनाथ



  • नेपालदीप
  • मंगलबार, असोज ४ २०७९
817
SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई रोक्न आज पनि सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ । राणालाई अदातल फर्किन नदिन सर्वोच्च परिसरमा बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको हो ।
अदालत जाने तयारी गरेलगतै प्रधानन्यायाधीश राणा निवास र सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको हाे । उनको निवास बालुवाटारमा समेत बाक्लो सुरक्षाकर्मी खटाइएको थियो ।
राणाको निवासमा प्रहरी तैनाथबारे राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई ध्यानाकर्षण गराएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार