शुक्रबार, असोज २१ २०७९

राणाको सुरक्षाबारे जंगी अड्डाको चासो: सैन्य नेतृत्वको अनुमति बिना सेना हटाएकोमा आपत्ति



  • नेपालदीप
  • मंगलबार, असोज ४ २०७९
16.1K
SHARES

काठमाडौँ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको ५ दलीय गठबन्धन सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अघोषित नजरबन्दमा राखेको ३ दिनपछि सैन्य नेतृत्वले चासो प्रकट गरेको छ। जंगी अड्डाले घुमाउरो भाषामा सरकार समक्ष राणाको सुरक्षा स्थितिबारे चासो व्यक्त गरेको वरिष्ठ पत्रकार युवराज घिमिरे प्रधानसम्पादक रहेको देशसञ्चार अनलाइनले सार्वजनिक गरेको हो।

राणालाई नेपाली सेनाको तर्फबाट दिइदै आएका सुरक्षाकर्मीलाई जंगी अड्डाको स्वीकृति बिना सरकारले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई दिएपछि सैन्य नेतृत्वले आपत्ति जनाएको बुझिएको छ। बहालवाला प्रधानन्यायाधीशको सुरक्षा स्थितिबारे चासो राख्दै बिना अनुमति र सुरक्षा संवेदनशिलताको ख्याल नगरी लिइएको उक्त निर्णयप्रति जंगी अड्डाले असन्तुष्टी जनाएको देशसञ्चारमा खबर छ।

शनिबार संसदको कार्यकाल सकिएसँगै महाअभियोग स्वतः निष्क्रिय भएको थियो। महाअभियोग निस्क्रिय भएपछि सर्वोच्च फर्किने तयारीमा राणा थिए। तर राणा सर्वोच्च फर्किने तयारीमा लागेको थाहापाएपछि सरकार प्रहरीको दुरुपयोग गरेर निवास घेरेको थियो। उनलाई सरकारले सरकारी निवासमै नजर बन्दमा राखेको छ। आइतबार नै राणालाई पदीय हैसियतमा दिँदै आएको सुरक्षाकर्मी र अरु सुविधा पनि खोसेको थियो।

राणालाई नजरबन्दमा राखेपछि राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा सरकारको व्यापक आलोचना भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार