शुक्रबार, असोज २१ २०७९

मन, चित्त र आत्मा



  • नेपालदीप
  • बुधबार, असोज ५ २०७९
608
SHARES

मन एउटा प्रकृति जन्य तर अभौतिक अवस्था हो । चित्त मन, बुद्धि अहङ्कारआदिको निवासस्थल हो । आत्मा शरीर, अहङ्कार र वैदिक दर्शनकाअनुसार शरीरभिन्न सूक्ष्म जीवनतत्व हो । व्याबहारिक रूपले मन, चित्त र आत्मलाई फरकफरक अवस्थामा जान्न सकिन्न । आत्मालाई शरीर पनि भन्न सकिन्छ र शास्त्रले अहंको भूमिका रुपमा शरीरलाई “आत्म” भनेर स्वीकार गरेकै कुरा हो । आत्मालाई झन्म प्रष्ट पार्दा नसहित सम्पूर्ण मानसिक वृत्तिहरू रोपिने, क्रियाशील हुने र अनन्त : हराउने ठाउँ हो भने आत्मा यी दूवैलाई चिन्ने तर यी दूवैका व्यापारबाट प्रभावित नहुने साक्षी तत्व हो । वैदिक, बौद्ध, जैनी सबैले मनको अस्तित्वलाई “भावना”को कर्मथलोका रूपमा र “मोहनी लगाएर संसारी बनाउने तत्व”का रूपमा पहिचान गरेका छन् । बौद्धहरूका लागि मन र आत्मामा धेरै फरक छैन । मनको अस्तित्व वर्तमान जन्मका लागि मात्र हुन्छ भने आत्मा कर्मफलको प्रवाहका रूपमा निर्वाण प्राप्त नगरेसम्म रहन्छ नै । वैदिकहरूले यो प्रवाहलाई नै “आत्मा” भनेका हुन् ।

पाश्चात्य दर्शनमा चित्तको अस्तित्व छैन । चित्त र चित्तभूमिको चर्चा र स्थापना योगदर्शनको आफ्नो विशिष्टता हो । आत्माको स्वरूपका विषयमा मत भिन्नता भए पनि विश्वका सबैजसो धर्म तथा संस्कृतिहरूले आत्माको अस्तित्वलाई स्वीकार गरेको पाइन्छ । पश्चिमा दार्शनिकहरूले मन र आत्माका विच तार्कीक पार्थक्य खिच्न सकेका छैनन् भने वैदिक दार्शनिकहरूले पनि मनलाई भौतिक अवस्था माने पनि मन आत्माको गुण होइन भन्ने स्थापित गर्न चुकेका छन् ।

सैद्धान्तिक रूपमा मन, आत्मा र चित्तको फरकफरक परिभाषा गरिए तापनि मलाई भने योगले स्थापित गरेको “चित्त”नै आत्मा हो र मन आत्माको गुण हो जसले सुखदु:खको अनुभूति गर्छजस्तो लाग्छ । चित्त भुमि आत्मा हो, होइन भन्ने विषयमा योगदर्शनले खासै चिन्तन गरेको छैन तर आत्माचाहिं चित्त होइन भन्ने कुराचाहिं मान्छ । आधुनिक मनोविज्ञानचाहिं मनको विज्ञान नभएर चित्तभूमिको विज्ञान बढी हुनुपर्छ । किनभने चित्तभूमि पांचबटा लक्षणबाट मिलेर बनेको अवस्था : क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध हो । मनोविज्ञानमा मन वस्तु हुँदैन र आत्माको कुनै अस्तित्व छैन भने क्रियाप्रतिक्रिया त् चित्तसंग नै हुन्छ ।

चित्तभूमिको कुरा गर्दा मनलाई छैंठों गुणका रूपमा बुझ्नुपर्छ । मन चित्तभूमिको एउटा अवस्था हो । आत्माको कुनै अस्तित्व नै छैन भने सम्पूर्ण मानवताको आधार भनेको चित्तभूमि नै बन्न पुग्छ तर तार्कीक पूर्णताका लागि आत्माको सैद्धान्तिक अस्तित्व स्वीकार गर्नुनै उचित हुन्छ । चित्तभूमिको एउटा विशिष्ट अवस्थाका रूपमा मन नियन्त्रण गर्न सबैभन्दा गाह्रो विषय अवश्य हो । श्रीकृष्णले मात्र होइन, हामी प्रत्येक मान्छेको प्रत्यक्ष अनुभव पनि हो ।

संस्कृतमा “आत्मा”को अर्थ “शरीर भएको मान्छेले आफुलाई देखाउन” प्रयोग गर्ने शब्द हो । हो, आत्मा अजरअमर छ, नित्य छ, अविकरी छ र स्वयं ब्रह्म वा त्यसको सानो अंश हो भन्ने मान्यताले वैदिक समाज निर्माण भएको छ तर आत्मालाई “व्यक्ति विशेष होइन” भन्नु अनुचित हुन्छ । यसरी, घोरिएर सोच्दा तार्कीक रुपमा आत्माको अस्तित्वलाई माने पनि व्याबहारिक रूपमा मन, आत्मा र शरीरलाई फरक ठाउँमा राखेर हेर्न सकिन्न । फर्केर पुन: चित्तभूमितिर नै आउनुपर्छ किनभने चित्तभुमि (शरीर)का अभावमा कुनै पनि व्यक्ति विशेषले आत्मा, मन, अहङ्कार, भावनाआदिको अनुभूति गर्न सक्दैन र मिल्दैन ।

तेसैले मन, चित्त आत्मालाई तार्कीक रूपमा फरकफरक दृष्टिकोणले व्याख्या गर्न सकिए तापनि व्याबहारिक रूपमा मन, चित्त र आत्मा तीनै विषयहरू एकआपसमा जोडिएका वा एकै हुन् भन्न मिल्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार