शुक्रबार, असोज २१ २०७९

राष्ट्रपतिले अरु पनि यस्तै कदम चाल्ने संभावना देख्छु : माधवकुमार नेपाल



  • नेपालदीप
  • बुधबार, असोज ५ २०७९
1.9K
SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर गम्भीर संवैधानिक संकट उत्पन्न भएको दाबी गरे्का छन। राष्ट्रपतिले अरु पनि यस्तै कदम चाल्ने संभावना हुन्छ त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको सिस्टम राम्रो होईन भन्ने सबैले बुझ्नु पर्ने बताएकाछन ।

नेकपा एसनिकट युवा संघ नेपालको वैठकलाई सम्वोधन गर्दै नेपालले संसदबाट पारित भएर गएको विधेयक अस्वीकार गर्ने राष्ट्रपतिको निर्णय अत्यन्तै गलत भएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीतिकबृत्तमा तरंग उत्पन्न भएको छ ।
सत्तारुढ गठबन्धनले राष्ट्रपतिको या कदमलाई गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ । गठबन्धनले राष्ट्रपतिले संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै गठबन्धनले कानुनविद्सँग छलफल गर्दैछ।

उनले भने, ‘हिजो १५ दिनको समयभित्र पनि विधेयक प्रमाणीकरण नभएपछि गम्भीर संवैधानिक संकट उत्पन्न भएको छ । यसले हामीलाई अत्यन्तै गम्भीर बनाएको छ । आज संविधानको पालना नगर्ने राष्ट्रपतिले भोलि अरु पनि यस्तै कदम चाले के गर्ने ?’ उनले राष्ट्रपतिको कदमको समर्थनमा केपी ओलीका मानिसहरुले जुलुस निकालिरहेको टिप्पणी गरे ।

यो कदमको सबैले विरोध नगरे भोलि गएर जे पनि हुन सक्ने नेपालले चेतावनी दिए । उनले भने, ‘राष्ट्रपतिले नै मनपरी ढंगले चल्ने हो भने त्यसपछि के होला ? प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको सिस्टम राम्रो हो भन्छन् । अहिले त यो हालत गरे । सर्वाधिकार सम्पन्न भएपछि बस्न खान दिँदैनन् । विद्या भण्डारी सर्वाधिकारसम्पन्न भएको भए झन् के के गर्थिन् होला ? त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा दिमागबाट हटाइदिनुस । मैले माओवादीलाई पनि भनेको छु कि निर्वाचन प्रणाली र शासन प्रणालीको बारेमा उसको चिन्तन ठीक छैन ।’

नेपालले पार्टी निकट युवासंघलाई राष्ट्रपतिको कदमका बारेमा प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार