शुक्रबार, असोज २१ २०७९

राष्ट्रपतिको कदमविरुद्ध परमादेश माग्न सत्ता गठबन्धन सर्वोच्च जाने



  • नेपालदीप
  • बुधबार, असोज ५ २०७९
1.8K
SHARES

राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजी गर्दै सर्वोच्च अदालत जान लागेको हो ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले संविधानविद्सँग छलफल गरेका छन्।

सत्ता गठबन्धनले आज अपरान्ह ४ बजे देखि बालुवाटारमा संविधानविद् र कानूनका जानकारसँग छलफल गर्दैछ। प्रधानमन्त्री देउवाको सचिवालयले जनाएअनुसार छलफलका लागि संविधानविद्हरू र कानुनका जानकारहरूलाई बोलाइएको छ।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिमाथि गम्भीर प्रश्न उठाउर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका छन ।

संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ । एमालेका भ्रातृ संगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ता राष्ट्रपतिको पक्षमा उनको तस्वीर छातीमा टाँसेर सडकमै उत्रिएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार