शुक्रबार, असोज २१ २०७९

प्रधानमन्त्रीलाई ठालु वकिलको सुझाव : राष्ट्रपतिको कमदविरूद्ध परमादेश मागौ



  • नेपालदीप
  • बुधबार, असोज ५ २०७९
2.3K
SHARES

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारूढ दलका शीर्ष नेताहरूले कानूनी परामर्श शुरू गरेका छन् ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा वकिलहरूलाई बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवा लगायत गठबन्धनका शीर्ष नेताहरूले आगामी विकल्पबारे परामर्श गरेका हुन् ।

छलफलमा सहभागी संविधानविद्हरूले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषय सर्वोच्च अदालतमा लैजान सकिने सुझाव शीर्ष नेताहरूलाई दिएका छन् ।

संवैधानिक मूल्य–मान्यताको दृष्टिकोणले आफूहरूले नेताहरूलाई सुझाव दिएको उनले बताए । ‘संविधानवादको सिद्धान्तको दृष्टिकोणले र हाम्रो संविधानको जुन स्पिरिट छ, त्यसका आधारमा हामीले सुझाव दिएका छौं । उहाँहरूले सुन्नुभएको छ । सुझावको आधारमा कुनै निष्कर्षमा पुगेर अगाडि जानुहोला,’ रोक्काले भने ।

बालुवाटारमा छलफलका लागि केही अधिवक्ताहरुलाई बोलाइएको थियो । छलफलमा नेपाल बार एशोसिएनशनका अध्यक्ष, सर्वोच्च बारका अध्यक्ष, संविधानविद्हरू बद्रीबहादुर कार्की, राधेश्याम अधिकारी, रमण श्रेष्ठ लगायतलाई छलफलमा पुगेका थिए।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार