शुक्रबार, असोज २१ २०७९

राष्ट्रपतिबाट संविधानको उलङ्घन भएको छैन, विधेयक आफै निष्क्रिय : संविधानविद् आचार्य



  • नेपालदीप
  • बुधबार, असोज ५ २०७९
1K
SHARES

संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको उल्लङ्घन नभएको बताएका छन । आचार्यले राष्ट्रपतिले संसद्को कार्यकाल सकिएसंगै निस्कृय भएको विधेयक प्रमाणीकरण नगर्नु स्वभाविक भएको बताएकाछन । ‘राष्ट्रपतिबाट देखिने गरी संविधानको उल्लङ्घन भएको छैन,’ प्रतिनिधिसभाको कार्यकाल असोज १ गते समाप्त भइसकेको अवस्था रहेको आचार्यले बताउछन । धारा ११३ को उपधारा (१०) मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि विधेयकहरू निष्क्रिय हुन्छन् भनिएको छ,’ आचार्यले भने ‘निष्क्रिय भइसकेको विधेयकलाई कसरी प्रमाणीकरण गर्ने?’

‘राष्ट्रपतिबाट पन्ध्र दिन नपुग्दै किन प्रमाणीकरण भएन भन्ने कुरा उहाँ नै जान्नुहोस्, तर निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गर्न मिल्दैन,’ आचार्यले भने , ‘यसलाई राजनीतिक मुद्दा बनाउने हो भने भन्नु केही छैन।’

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार