शुक्रबार, असोज २१ २०७९

कुर्सीबाट सडकमा-‘कटवाल काण्डमा’ प्रचण्ड, नागरिकता काण्डमा देउवा या भन्डारी ?



  • नेपालदीप
  • बिहिबार, असोज ६ २०७९
1.9K
SHARES

राष्ट्रप्रमुख र कार्यकारी प्रमुखबीच शक्ति टकराउँदा ‘कटवाल काण्ड’ का नाममा प्रख्यात काण्डले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुर्सीबाट सडकमा पुर्‍याइदिएको थियो ।

दलहरूबीचको विवाद र समग्र राजनीतिमा कित्ताकाट हुँदा संविधान जारी नहुँदै पहिलो संविधानसभा विघटन भयो र देशले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो ।

प्रधानसेनापतिलाई बर्खास्त गर्ने प्रचण्ड सरकारको निर्णयमा राष्ट्रप्रमुख र कार्यकारी प्रमुखबीच शक्ति टकराउँदा सरकार गिर्यो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुर्सीबाट सडकमा पुर्‍यायो ।

‘कटवाल काण्ड’ का नाममा प्रख्यात काण्डले दलहरूबीचको विवाद र मुठभेडको स्तिथि उत्तपन्न गरायो।

ठ्यक़्कै यतिवेला पनि नेपाली राजनीतिमा त्यस्तै परिस्थिति दोहोरियो। जनतामा विभिन्न आशंका,आक्रोश र चिन्ता अनेक पैदा हुन थालेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको प्रमाणीकरण गर्न अस्वीकार गरेपछि कुर्सीबाट सडकमा-‘कटवाल काण्डमा’ प्रचण्ड जस्तै यो नागरिकता विधेयक काण्डमा देउवाकि भन्डारी ?

संघीय संसद्का दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक ष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिनन। शीतल निवासले १५ बुँदे सन्देशसहित संशोधनका लागि फिर्ता पठाएको विधेयक जस्ताको त्यस्तै प्रतिनिधिसभाले पारित गर्नुले सरकारको दम्भ र राष्ट्रपतिको ईगो हर्ट भएको देख्न सकिन्छ। यसैविच राष्ट्रपति भण्डारी कानुनी परामर्श गरि विधेयकको प्रमाणीकरण गर्न अस्वीकार गरिन ।

राष्ट्रपतिको कदमले मंसिरको चुनाव प्रभावित हुन्छ ? देश ठूलो संवैधानिक संकटमा फस्ने निश्चित छ ।

विधेयक प्रमाणीकरणका नभएसंगै राष्ट्रपतिविरुद्ध सत्तापक्ष सडकमा ओर्लंदा समर्थन गर्दै एमाले आमनेसामने हुदैछ । प्रतिनिधिसभाको यो कार्यकाल सकिएकाले राष्ट्रपतिमाथि महाभियोग दर्ता हुने अवस्था छैन ।

गठबन्धनको बैठक बसेर राष्ट्रपतिले उठाएका विषयको अबमुल्यन गर्दै जस्ताको तस्तै छलफलनै नगरी पास गर्नु सरकारको पनि दम्भ हो, सत्तापक्षको पनि कमजोरी नै हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको प्रमाणीकरण अस्वीकारपछि उत्पन्न परिस्थितिमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेको नेतृत्व मौन बनेको छ । सत्तारुढ दलका नेताहरुले राष्ट्रपतिविरुद्ध प्रहार केन्द्रीत गरिरहेका बेला एमालेको मौनता अर्थपूर्ण देखिन्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार