शुक्रबार, असोज २१ २०७९

सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट



  • नेपालदीप
  • बिहिबार, असोज ६ २०७९
950
SHARES

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ । रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ।
प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको हो ।

नेपालको संविधानको धारा ९१ को उपधारा (६) (क) मा प्रयुक्त पदावली ‘तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्’ अन्यथा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ भन्ने कुरा स्पष्टसँग उल्लेख गरिएको रिटमा भनिएको छ ।

‘राजनीतिक दलले प्रतिनिधिसभा निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ उम्मेद्वारहरूको बन्दसूची पेस गरिसकेको अवस्थामा पनि सभामुख र उपसभामुखले संविधानको धारा ९१(६)(क) को मर्म र भावनाविपरीत आ-आफ्नो पदबाट राजीनामा गर्नुभएको छैन जसले गर्दा राज्यलाई थप आर्थिक भार पर्ने निश्चित छ । सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्य स्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनु भएको छ, यो दुरूपयोग सविंधानमाथिको निर्मम प्रहार र धोकाधडी हो ‘, रिटमा उल्लेख छ ।

काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा झण्डा फहराएरै सरकारी गाडीबाट ओर्लिंनु लज्जाको विसय भएको संविधानका जानकारहरु बताउछन।

निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिअनुसार सापकोटा असोज १ गते मध्यरातबाटै पदमुक्त भएर निवर्तमान भइसकेका हुन् । नेपालको संविधानको धारा ९१ अनुसार पनि सापकोटाले सभामुखको हैसियतमा झण्डावाल गाडी प्रयोग गर्न पाउँदैनन् ।

पदमुक्त सभामुखले झण्डा फहराएरै हिड्दा निर्वाचन आयोगलाई लज्जा

झण्डावाला गाडी प्रयोग गर्ने संवैधानिक अधिकार प्राप्त व्यक्तिलाई निवासमै नजरबन्द गरेर निवर्तमान भइसकेका सभामुखले झण्डा र डण्डा नछाड्नु दुर्भग्यानै भएको संविधानका जानकारहरुको बुझाई छ।

राज्यका सबै अंग सेटिङमा चलेका र मिडियाले पनि परीचालित भएको बेला यि विषय अनदेखा गरिनु स्वभाबिक नै होला।

सापकोटा आइतबार झण्डा हल्लाएरै सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए भने सोमबार झण्डा हल्लाएरै संविधान दिवस कार्यक्रममा सहभागी भए ।

प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।

सभामुख र उपसभामुखको रुपमा लिने सेवा–सुविधासमेत बेरुजुजन्य भ्रष्टाचार मानिने महालेखापरीक्षक कार्यालयले जनाएको छ ।

पूर्वसभामुख एवं एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले अब आफू निवर्तमान उपनेता भइसकेको भन्दै अग्नि सापकोटाले सभामुख पदकै हैसियतमा हिँड्नु बेठीक रहेको सांकेतिक प्रक्रिया दिए ।

नेम्वाङले नेपाल प्रेससँग भने, ‘हाम्रो नेकपा एमाले संसदीय दलको नेता केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङको नेमप्लेट असोज १ गते राति १२ बजेदेखि नै हटाइएको छ । किनकि संविधान र ऐनले उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म मात्र यो प्रतिनिधिसभाको कार्यकाल रहन्छ भनेपछि त्यो त सबैमा लागू हुनेहोला । हुन त अचेल एमालेको हकमा अलग्गै व्यवस्था पनि हुने गर्छ ।’

स्रोतका अनुसार संसद सचिवालयको कर्मचारीतन्त्रले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउने प्रतिनिधिसभा नै नरहेपछि महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाउन सक्ने भयले गर्दा सभामुखलाई असंवैधानिक रुपमा पदमा कायमै राख्न खोजिएको हो । किनकि प्रतिनिधिसभामा असोज १ गतेसम्म कायम रहेका प्रस्ताव र विधेयकहरु संविधानअनुसार अर्को प्रतिनिधिसभामा कायम रहँदैनन्, तिनीहरु स्वतः समाप्त हुन्छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार