आइतबार, मंसिर ११ २०७९

पार्टी भित्र ठूलो विद्रोह गर्नुपर्ने अवस्था आयो : गगन थापा



  • नेपालदीप
  • शुक्रबार, असोज १४ २०७९
3.5K
SHARES

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रवार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीको शुद्धीकरणको लागि संघर्षको आवश्यकता बोध हुन थालेको बताएका हुन ।

पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ । पार्टीलाई ठीक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ’, थापाले भने ।

अहिले राजनीतिक नेतृत्वको लागि चुनावदेखि चुनावसम्मको प्रणाली भएको बताउँदै त्यसमा सुधार गर्नुपर्ने मत उनले राखेका थिए ।‘पार्टी त केवल सत्ताको हतियार मात्र हुने भयो । केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्न मात्रै भयो’, थापाले भने ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट