आइतबार, मंसिर ११ २०७९

कांग्रेसकाे बीउ मासिन दिदैनौ – चरम भागबण्डा र परिवारबाद मान्य हुदैन : चन्द्र भण्डारी



  • नेपालदीप
  • शुक्रबार, असोज १४ २०७९
1.5K
SHARES

नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाइ नभएको बताएका छन् । कांग्रेसभित्र अहिले गलत अभ्यास भइरहेको भन्दै यसमा खबरदारी गर्न र कार्यकर्तालाई आग्रह गरेका छन। उनले कांग्रेस बनाउन हरेकको त्याग र समर्पणसंगै रगत प्रयोग भैरहेको भन्दै उनले कांग्रेसको बिउ बाँच्नुपर्ने त्यसका लागि दवाव जरूरी भएको बताए ।

कांग्रेस सिद्धिनुभएन, राजाका बेला नसिद्धिएको, माओबादीका बेला नसकिएको, लुकेर दुवै झैं भोट हाल्ने कांग्रेसलाई अहिले आफ्नैबाट समस्यामा परेको भन्दै भण्डारीले कांग्रेस बनाउने अधिकार छ तर बिगार्ने अधिकार कसैलाइ पनि छैन’, उनले भने ।

भण्डारीले भने, ‘कांग्रेस बिगार्ने पार्टीभित्रकै दुष्ट हुन्,वा बाहिरका वा कम्युनिष्टका दुष्ट यी सबै देशका दुष्ट हुन् ।’ छत्रकोट रुपन्देही सम्पर्क समितिद्वारा बुटवलमा आयोजित वडादसैं, दीपावली, छठ, नेपाल सम्बत लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहरनले कांग्रेस अबको चार बर्षपछि आफूहरुको नेतृत्वमा आउने समेत ठोकुवा गरे ।

अहिले समानुपातिकको नाममा चरम भागबण्डा र परिवारबाद लादिएको भन्दै त्यो आफुहरुलाइ कदापी मान्य नहुने समेत चेतावनी दिए । उनले समानुपातिकको सूची सच्चाएरै छाड्ने र बिवादित मान्छेलाइ सुचीबाट हटाउने समेत दाबी गरे ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट