आइतबार, मंसिर ११ २०७९

दशैं र पशुबलि :



  • नेपालदीप
  • आइतबार, असोज १६ २०७९
1.4K
SHARES

पशुबलिका सवालमा शास्त्रहरूले हिंसा र अहिंसा दूवैलाई मान्यता दिएको छ । आफ्नो परम्पराअनुसार चाडवाड मान्नुपर्छ । बलि दिनेले बलि नदिनेलाई र बलि नदिनेलाई बलि दिनेको आलोचना गर्नु आवश्यक छैन । शास्त्रमा पशुबलि र विशुद्ध सात्विक दूवै प्रकारका विधानहरूलाई मान्यता दिएका छन् । वैदिक सनातन धर्मको विशेषता हो कि हरेक व्यक्तिले आफ्नो परम्पराअनुसार ईश्वरको आराधना गरेर स्वर्ग वा पुण्य प्राप्ति गर्न सक्छन् । पशुबलि विधानको मूलमा “शक्ति” प्राप्तिको लक्ष रहेको थियो भन्ने तत्थ्य भने शास्त्रहरूले यत्रतत्र बोलेको हुँदा स्थापित परम्परा नै मान्नुपर्छ । विगतमा पशुबलि र अहिंसकको विवाद थिएन तर विकासेहरूले मलजल गरेका कारण “बलि” विवादको विषय बनाउने गरिएको छ ।

दशैंको वेलामा तथाकथित विकासे (होटल होटल चहारेर विभिन्न मासुका परिकार खाने) ले पशुबलिको विरोध गरेको देखिन्छ । तेसैगरी केही “अहिंसा”को प्रबर्धन गर्ने नाममा बलि विरुद्ध उग्रता प्रदर्शन गर्छन् । जव शास्त्रले पशुबलि युक्त र पशुबलिरहित दूवै पूजाआजाको व्यबस्था गरिदिएको छ भने एकअर्काको आलोचना गर्नुको साटो आफ्नो कुल परम्पराअनुसार पूजाआजा सम्पन्न गर्नेतिर ध्यान दिनुपर्छ । वैदिक सनातनीहरूनै गूट बनाएर पक्ष-विपक्षमा उभिंदा तेस्रो पक्ष अर्थात् विकासेहरू र धर्मपरिवर्तन गराउने पक्षचाहिं निकै मजबूत भैरहेका छन् भन्ने हेक्का राख्नुपर्छ ।

पशुबलिका पक्षमा शास्त्रीय उदहारण पढौं – एवं हृष्टैर्निशां नीत्वा प्रभाते अरुणोदये । घातयेन्महिषान्मेषानग्रतो नतकन्धरान् ।। शतमर्धशतं वापि तदर्धं वा यथेच्छया । सुरासवधृतैः कुम्भै स्तर्पयेत्परमेश्वरीम् ।। निर्णयसिन्धु, पृ. २३५ को यो श्लोकले पशुबलिको समर्थन गरेको छ भने मनुस्मृतिमा पनि बलिको पक्षमा श्लोकहरू छन् । यसैगरी शिव महापुराणको रुद्रसंहिता २ को खण्ड ५ को अध्याय छ मा प्रष्टसंग “एकाभिन्नक्षिते जीवं त्रैलोक्ये रक्षितं भवेत् । घातिते घातितं तद्वतस्माद्रक्षेन्न घतायेत् अर्थात् एउटा जीवको रक्षा गर्नुभनेको त्रिलोकका जीवहरूको रक्षा गर्नु हो र एउटा जीवको हत्या गर्नु भनेको तीनलोकको हत्या गर्नु हो तेसैले जीवहत्या गर्नु हुँदैन । यी दूवै बचन शास्त्रकै हुन् । आफ्नो अनुकुल व्याख्या गर्नुहुँदैन । दूवै श्लोकको लक्ष स्वपरम्पराअनुसार आ-आफ्नो रितिरिवाजको पालना गर्नुपर्छ भन्ने मात्र हो ।

व्याबहारिक दृष्टिकोणले विचार गर्दा १००% अहिंसात्मक तथा १००% हिंसात्मक दूवै पूजापद्धति असम्भव विषय हुन् । जो अहिंसाका पथमा छन्, उनीहरूले अहिंसाको पक्षमा कुरा गर्दा पशुबलिको परम्परा भएकाहरू आक्रोशित हुनुपर्दैन र पशुबलिको परम्परा भएकाले पशुबलि दिंदा पशुबलिको परम्परा नभएकाहरू आक्रोशित हुनु पर्दैन । बरू, दूवै पक्षले एकअर्काको आलोचना वा प्रत्यालोचना नगरी कन आ-आफ्नो शास्त्रीय मर्यादा रितिरिवाज (शास्त्रसहित) उल्लेख गर्दा सर्वसाधारणले आफ्नो प्रकृतिअनुसार निर्णय गर्न पाउँछन् ।

म आफै जन्मजात शाकाहारी हुँ तर म शाकाहारी हुँ भन्दैमा शास्त्रले प्रष्ट रूपमा उल्लेख गरेका पशुबलिका तत्थ्यहरूलाई नकार्न सक्दिन । नेपालका गाउँगाउँका कोटहरूमा तथा देवीका मन्दिरहरूमा पशुबलिको वास्तविकतालाई नकार्न सक्दिन । शाक्त र स्मार्त परम्परामा पशुबलिको शास्त्रीय विधान उपलब्ध छन् । तान्त्रिक विधानमा पशुबलिलाई अनिवार्य भनिएको छ भने प्राचीन इतिहासमा समेत राजाहरूले शक्ति प्राप्त गर्न पशुबलि यहाँसम्म कि शक्ति प्राप्त गर्न आत्मबलि समेत दिएका प्रसस्त इतिहास छन् ।

एति हुँदाहुँदै पनि कलियुगी मान्छेले पशुबलि बलि दिंदै गर्दा शास्त्रीय विधानको पूर्ण पालना गर्न नसक्ने हुँदा पशुबलि प्रत्युत्पादक हुन सक्छ । शास्त्रहरूले जिव्रोको स्वादका लागि, रमाइलोका लागि पशुबलिको विधान पटक्कै गरेको होइन । यदि पशुबलि दिंदैगर्दा मनको कुनै कुनामा “मासुको स्वाद” जोडियो भने तेसले जीवलाई नर्कमा लैजाने छ । कलियुगमा पशुबलि दिनु भनेको तलवारको धारमा हिड्नु सरह हुन्छ भन्ने बुझ्नेहरूको कल्याण हुन्छ ।

दशैंतिहार हामी सबै नेपालीको साझा चाड हो । हिन्दूहरूको मात्र भनेर कित्ताकाट गर्नेहरू बैचारारिक रूपमा अपरिपक्व वा कसैका “गोठाला” हुन् । आ-आफ्नो कुल परम्पराअनुसार पूर्ण स्वामित्वका साथ दशैं मानौं, मनाओं तर कसैसंग जवर्जस्ती नगरौं । त्यो भन्दा पनि महत्वपूर्ण यदि तपाईंका छिमेकी गरिवीका कारण खुशीबाट बंचित हुँदैछन् भने उहाँलाई सक्दो सहयोग गरौँ । उहाँहरूको खुसीले हामी सबैको जीवन अझैं सुखले भरिने छ दशैं र पशुबलि :

पशुबलिका सवालमा शास्त्रहरूले हिंसा र अहिंसा दूवैलाई मान्यता दिएको छ । आफ्नो परम्पराअनुसार चाडवाड मान्नुपर्छ । बलि दिनेले बलि नदिनेलाई र बलि नदिनेलाई बलि दिनेको आलोचना गर्नु आवश्यक छैन । शास्त्रमा पशुबलि र विशुद्ध सात्विक दूवै प्रकारका विधानहरूलाई मान्यता दिएका छन् । वैदिक सनातन धर्मको विशेषता हो कि हरेक व्यक्तिले आफ्नो परम्पराअनुसार ईश्वरको आराधना गरेर स्वर्ग वा पुण्य प्राप्ति गर्न सक्छन् । पशुबलि विधानको मूलमा “शक्ति” प्राप्तिको लक्ष रहेको थियो भन्ने तत्थ्य भने शास्त्रहरूले यत्रतत्र बोलेको हुँदा स्थापित परम्परा नै मान्नुपर्छ । विगतमा पशुबलि र अहिंसकको विवाद थिएन तर विकासेहरूले मलजल गरेका कारण “बलि” विवादको विषय बनाउने गरिएको छ ।

दशैंको वेलामा तथाकथित विकासे (होटल होटल चहारेर विभिन्न मासुका परिकार खाने) ले पशुबलिको विरोध गरेको देखिन्छ । तेसैगरी केही “अहिंसा”को प्रबर्धन गर्ने नाममा बलि विरुद्ध उग्रता प्रदर्शन गर्छन् । जव शास्त्रले पशुबलि युक्त र पशुबलिरहित दूवै पूजाआजाको व्यबस्था गरिदिएको छ भने एकअर्काको आलोचना गर्नुको साटो आफ्नो कुल परम्पराअनुसार पूजाआजा सम्पन्न गर्नेतिर ध्यान दिनुपर्छ । वैदिक सनातनीहरूनै गूट बनाएर पक्ष-विपक्षमा उभिंदा तेस्रो पक्ष अर्थात् विकासेहरू र धर्मपरिवर्तन गराउने पक्षचाहिं निकै मजबूत भैरहेका छन् भन्ने हेक्का राख्नुपर्छ ।

पशुबलिका पक्षमा शास्त्रीय उदहारण पढौं – एवं हृष्टैर्निशां नीत्वा प्रभाते अरुणोदये । घातयेन्महिषान्मेषानग्रतो नतकन्धरान् ।। शतमर्धशतं वापि तदर्धं वा यथेच्छया । सुरासवधृतैः कुम्भै स्तर्पयेत्परमेश्वरीम् ।। निर्णयसिन्धु, पृ. २३५ को यो श्लोकले पशुबलिको समर्थन गरेको छ भने मनुस्मृतिमा पनि बलिको पक्षमा श्लोकहरू छन् । यसैगरी शिव महापुराणको रुद्रसंहिता २ को खण्ड ५ को अध्याय छ मा प्रष्टसंग “एकाभिन्नक्षिते जीवं त्रैलोक्ये रक्षितं भवेत् । घातिते घातितं तद्वतस्माद्रक्षेन्न घतायेत् अर्थात् एउटा जीवको रक्षा गर्नुभनेको त्रिलोकका जीवहरूको रक्षा गर्नु हो र एउटा जीवको हत्या गर्नु भनेको तीनलोकको हत्या गर्नु हो तेसैले जीवहत्या गर्नु हुँदैन । यी दूवै बचन शास्त्रकै हुन् । आफ्नो अनुकुल व्याख्या गर्नुहुँदैन । दूवै श्लोकको लक्ष स्वपरम्पराअनुसार आ-आफ्नो रितिरिवाजको पालना गर्नुपर्छ भन्ने मात्र हो ।

व्याबहारिक दृष्टिकोणले विचार गर्दा १००% अहिंसात्मक तथा १००% हिंसात्मक दूवै पूजापद्धति असम्भव विषय हुन् । जो अहिंसाका पथमा छन्, उनीहरूले अहिंसाको पक्षमा कुरा गर्दा पशुबलिको परम्परा भएकाहरू आक्रोशित हुनुपर्दैन र पशुबलिको परम्परा भएकाले पशुबलि दिंदा पशुबलिको परम्परा नभएकाहरू आक्रोशित हुनु पर्दैन । बरू, दूवै पक्षले एकअर्काको आलोचना वा प्रत्यालोचना नगरी कन आ-आफ्नो शास्त्रीय मर्यादा रितिरिवाज (शास्त्रसहित) उल्लेख गर्दा सर्वसाधारणले आफ्नो प्रकृतिअनुसार निर्णय गर्न पाउँछन् ।

म आफै जन्मजात शाकाहारी हुँ तर म शाकाहारी हुँ भन्दैमा शास्त्रले प्रष्ट रूपमा उल्लेख गरेका पशुबलिका तत्थ्यहरूलाई नकार्न सक्दिन । नेपालका गाउँगाउँका कोटहरूमा तथा देवीका मन्दिरहरूमा पशुबलिको वास्तविकतालाई नकार्न सक्दिन । शाक्त र स्मार्त परम्परामा पशुबलिको शास्त्रीय विधान उपलब्ध छन् । तान्त्रिक विधानमा पशुबलिलाई अनिवार्य भनिएको छ भने प्राचीन इतिहासमा समेत राजाहरूले शक्ति प्राप्त गर्न पशुबलि यहाँसम्म कि शक्ति प्राप्त गर्न आत्मबलि समेत दिएका प्रसस्त इतिहास छन् ।

एति हुँदाहुँदै पनि कलियुगी मान्छेले पशुबलि बलि दिंदै गर्दा शास्त्रीय विधानको पूर्ण पालना गर्न नसक्ने हुँदा पशुबलि प्रत्युत्पादक हुन सक्छ । शास्त्रहरूले जिव्रोको स्वादका लागि, रमाइलोका लागि पशुबलिको विधान पटक्कै गरेको होइन । यदि पशुबलि दिंदैगर्दा मनको कुनै कुनामा “मासुको स्वाद” जोडियो भने तेसले जीवलाई नर्कमा लैजाने छ । कलियुगमा पशुबलि दिनु भनेको तलवारको धारमा हिड्नु सरह हुन्छ भन्ने बुझ्नेहरूको कल्याण हुन्छ ।

दशैंतिहार हामी सबै नेपालीको साझा चाड हो । हिन्दूहरूको मात्र भनेर कित्ताकाट गर्नेहरू बैचारारिक रूपमा अपरिपक्व वा कसैका “गोठाला” हुन् । आ-आफ्नो कुल परम्पराअनुसार पूर्ण स्वामित्वका साथ दशैं मानौं, मनाओं तर कसैसंग जवर्जस्ती नगरौं । त्यो भन्दा पनि महत्वपूर्ण यदि तपाईंका छिमेकी गरिवीका कारण खुशीबाट बंचित हुँदैछन् भने उहाँलाई सक्दो सहयोग गरौँ । उहाँहरूको खुसीले हामी सबैको जीवन अझैं सुखले भरिने छ ।

स्वस्तिअस्तु

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट