आइतबार, मंसिर ११ २०७९

कांग्रेस गण्डकी प्रदेशको टिकट वितरणमा सभापति शुक्रराज शर्मा हाबी !



  • नेपालदीप
  • आइतबार, असोज १६ २०७९
3.2K
SHARES

काठमाडौँ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा टिकट बाँडफाँड गर्न राजनीतिक दलहरु भित्र व्यापक छलफल चलिरहेको छ। सत्तारुढ दल नेपाली कांग्रेस भित्रपनि टिकट वितरणमा लफडा देखिएको छ। गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको कांग्रेस भित्र तीब्र असन्तुष्टि देखिएको छ।

सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा संस्थापन इतर पक्षलाई पेलेरै जाने लाइनमा छन्। भने, उता शेखर कोइराला समूह पनि परे विद्रोह नै गर्ने तयारीमा रहेको छ। स्रोतका अनुसार यसअघिको शेखर र केपी ओलीको भेटमा शेखर समूहलाई प्रतिपक्षी दल नेकपा एमालेले ४० सिटसम्म दिने गरि प्रस्ताव गरेको थियो।

दुई समूहहरु यसरी भिडन्तमा अघि बढी रहेको बेला गण्डकी प्रदेशमा भने प्रदेश सभापति शुक्रराज शर्मा टिकट वितरणमा हाबी हुन थालेका छन्। शर्मा जुन समूहमा गयो त्यहिँ समूहको पल्ला भारि हुने स्थिति बनेपछि दुवै समूह उनलाई आफू तिर तान्नको लागि प्रयास गरिरहेका छन्। एक पूर्व महामन्त्री निकट स्रोतका अनुसार शर्मा यतिसम्म हाबी भएका छन् कि उनले तयार गरेको टिकटको लिष्टबाट दुवै तर्फका केन्द्रिय नेताहरु नाम काट्न हिचकिचाइ रहेका छन्। ‘शुक्रराज दाइ यसरी शक्तिशाली हुनुहोला भन्ने हामीले सोचेका थिएनौं। पार्टी भित्र यस्तो स्थिति बन्यो कि उहाँ जता जानु हुन्छ त्यतैको पल्ला भारी हुने भयो। लिष्टमा यिनीहरुलाई पनि राख्दिनु होस् भन्न पर्ने स्थिति छ। अरुको लिस्टबाट काटे जस्तो सजिलो उहाँसँग रहेनछ।’

शर्मा गण्डकी प्रदेशको मुख्यमन्त्रीका शशक्त दाबेदार हुन्। अप्रत्याशित हिसाबमा गण्डकी प्रदेशमा विजयी भएका शर्मा अहिले एकल शक्तिको रुपमा उदाएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट