आइतबार, मंसिर ११ २०७९

देउवाविरुद्ध लड्न शेखर-गगन डराएको भन्दै शेखर पक्षभित्र विद्रोहको तयारी



  • नेपालदीप
  • बिहिबार, असोज २० २०७९
2.4K
SHARES

काठमाडौं। नेपाली कांग्रेस भित्र टिकट वितरणमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई गलाउन नसकेको भन्दै संस्थापन पक्ष भित्र तीब्र असन्तुष्टि देखिएको छ। संस्थापन पक्षको मनलाग्दीविरुद्ध लड्न नसकेको भन्दै डा. शेखर कोइराला र महामन्त्री गगन थापाको आलोचना भएको हो।

बिहीबार अनुपम फुडल्याण्डमा भएको शेखर-गगन समूहको दोस्रो तहका नेताहरूको भेलामा आफ्नो पक्षका नेता र पदाधिकारीहरूले समान अवसर र न्यायका लागि लड्न नसकेको बताएका छन्। केही नेता डराए पनि कांग्रेसमा देशव्यापी विद्रोह नरोकिने र त्यसको नेतृत्व जसले गर्छ उही कांग्रेसको अर्को पक्षको नेता बन्ने भूपेन्द्र जङ्ग शाहीले बताए।

भेलामा सहभागी नेता मनोजमणि आचार्यले आफ्नो पक्षलाई ४० प्रतिशत मागिएकोमा त्यति नपाएको बताए। आचार्यले भने, ‘समानुपातिकमा पनि सन्तोष गर्ने ठाउँ रहेन। हाम्रा नेताहरू पनि लड्न सकेनन् वा आफ्नो क्षेत्रका बढीभन्दा बढी पार्नतिर लाग्दा कार्यकर्तामाथि अन्याय भयो। अब प्रत्यक्षमा झनै कत्लेआम हुने अवस्था छ। हाम्रो पक्षकाले टिकट पाउने ठाउँ अरू पार्टीलाई दिइएको छ।’

आचार्यका अनुसार आज वा भोलिसम्म शेखर र गगनसहितका नेताहरूसँग बसेर अबको कदमबारे छलफल हुनेछ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट