आइतबार, मंसिर ११ २०७९

खोलाले बगाउँदा एक प्रहरी जवान बेपत्ता



  • नेपालदीप
  • सोमबार, असोज २४ २०७९
2K
SHARES

कालीकोटमा एक जना प्रहरी जवान नदीमा बगेर बेपत्ता भएका छन्। खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदम रावत बगेका थिए।

सेरावाडा खोलाले बगाएका रावत तीला नदीमा पुगेर बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार रावत बगेको खबर सोमबार बिहान साढे ९ बजे प्राप्त भएको हो। उक्त क्षेत्रमा रहेको टाकुल्ला खोला बढेको कारण घटनास्थलमा प्रहरी पुग्न नसकेको प्रदेश प्रहरीले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट