आइतबार, मंसिर ११ २०७९

उम्मेदवारी फिर्ता नलिए बागीलाई पार्टीबाट निस्कासन गर्ने गठबन्धनको निर्णय



  • नेपालदीप
  • मंगलबार, असोज २५ २०७९
1.7K
SHARES

काठमाडौं– सत्ता गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। गठबन्धनबीच सिट बाँडफाँट भएअनुसार नै चुनाव लड्ने निर्णय गर्दै यस्तो निर्देशन दिइएको हो।
मंगलबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उक्त निर्देशन दिइएको हो।
गठबन्धन दलकका शीर्ष नेताहरुद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बागी उम्मेदवारहरुले समयमै उम्मेदवारी फिर्ता गर्नुहोला। असोज २६ गतेको १ बजेसम्म फिर्ता नलिए पार्टीबाट निस्कासन गरिनेछ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट