आइतबार, मंसिर ११ २०७९

चुनावअघि चार एआईजी बढुवा गर्ने सरकारको तयारी



  • नेपालदीप
  • बिहिबार, कार्तिक ३ २०७९
2.6K
SHARES

काठमाडौँ। नेपाल प्रहरीमा चार महिनादेखि एआईजीको दरबन्दी रिक्त छ। नेपाल प्रहरीमा साउन २० गतेदेखि एआईजीको दरबन्दी खाली भएको हो।

अहिले रिक्त एआईजी संख्या तीन पुगिसकेको छ। गत असोज २४ गतेदेखि एआईजी अरुणकुमार बिसी पनि अवकाश भएका हुन्। त्यसअघि साउन २० गते विश्वराज पोखरेल र भदौ २३ गते मुकुन्दराज आचार्य अवकाश भएका थिए। अर्का एआईजी पनि अवकाशनजिक छन्। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्र बहादुर धानुक पनि चुनावअघि नै अवकाश हुँदैछन्।

एआईजी रिक्त भएसँगै दाबेदार डीआईजीहरुले छिटो बढुवा गर्न लबिङ गर्दै आएका छन्। तर सरकार भने एकसाथ चार एआईजी बढुवा गर्ने तयारीमा छ। आगामी चैतदेखि प्रहरी नेतृत्व सुम्पिने गरी एआईजी बढुवा गर्न लागिएको हो। मंसिर ४ को निर्वाचनअघि नै एआईजी बढुवा गर्ने तयारीमा सरकार रहेको गृहसचिव विनोदप्रकाश सिंहले बताए।

कात्तिक २५ अघि नै सिफारिस गर्ने गरी सरकारले तयारी अगाडि बढाएको छ। गृहसचिव सिंहले सरकारले रिक्त दरबन्दीमा बढुवका लागि छिट्टै प्रक्रिया अगाडि बढाउने बताए। हाल डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा डीआईजी वरीयतामा अगाडि छन्। सरकारले उनीहरुलाई एकसाथ एआईजी बनाउनकै लागि रिक्त तीन पदमा बढुवा नगरेको हो।

हाल नेपाल प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ। अवकाश हुन लागेका एआईजी धानुकसँगै सहकुलबहादुर थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी र पूजा सिंह कार्यरत छन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट