आइतबार, मंसिर ११ २०७९

अपूर्व क्षितिजलाई २ लाख ५० हजार धरौटीमा छाड्न आदेश



  • नेपालदीप
  • बिहिबार, कार्तिक ३ २०७९
1.4K
SHARES

काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट