आइतबार, मंसिर ११ २०७९

झोलुंगे पुलको बीचमा किन भर्‍याङ लगाइयो



  • नेपालदीप
  • सोमबार, कार्तिक १४ २०७९
798
SHARES

लीकोटको खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिका जोड्ने झोलुंगे पुल अहिले सामाजिक सञ्जाल फेसबुकमा छाएको छ। पुलको छेउमा काठको भर्‍याङ लगाएर पुलमा उक्लिने बनाइएपछि कर्णालीका पूर्वमुख्यमन्त्री र स्थानीय जनप्रतिनिधिको आलोचनासहित फेसबुकमा भाइरल गराइएको छ।

कालीकोटको जितेगडामा केही वर्षअघि यो झोलुंगे पुल बनेको हो। जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्बर २ र नरहरीनाथ गाउँपालिकाको वडा नम्बर १ मा यो पुलको संरचना पर्छ।

असोज १९ गतेदेखि करिब एक सातासम्म भएको निरन्तर वर्षाका कारण आएको बाढीले पुलको खाँडाचक्र नगरपालिकातर्फको भागमा क्षति पुर्‍याएको थियो। पुलमा हिँड्ने आधाजति फलेकहरू बगेपछि तत्कालका लागि आवतजावत काठको भर्‍याङ बनाएर जुगाड गरिएको हो।
खाँडाचक्र नगरपालिकाका-२ का वडाध्यक्ष कविन्द्रबहादुर शाहीका अनुसार जितेगडास्थित यातायात व्यवसायी र होटल व्यवसायीबाट पैसा संकलन गरेर त्यो भर्‍याङ बनाइएको हो।

‘जितेगडामा अस्थायी बसपार्क छ, त्यहाँको संयुक्त काउन्टर र होटल व्यवसायीबाट पैसा उठाएर तत्कालका लागि आवतजावत गर्न भर्‍याङ हालिएको रहेछ,’ उनले भने, ‘तत्काल सामग्री ल्याउन कठिन हुने भएपछि त्यो बनाइयो, यसले मानिसहरूलाई बसपार्कसम्म आउन र जान सहज भएको छ।’

यही कात्तिक १० गतेदेखि भर्‍याङ हालेर तत्काललाई आवतजावत गर्ने वातावरण बनेको वडाध्यक्ष शाहीले बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट