आइतबार, मंसिर ११ २०७९

प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्य अवस्था ‘नाजुक’



  • नेपालदीप
  • सोमबार, कार्तिक २१ २०७९
665
SHARES

काठमाडाैँ – लामाे समयदेखि बिरामी रहेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गइरहेकाे छ ।

स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि मात्र डिस्चार्ज भएकी माओवादीकी केन्द्रीय सल्लाहकार सीतालाई पुन:स्वास्थ्य समस्या देखिएपछि गत शनिबारदेखि ललितपुरस्थित मेटिसिटी अस्पतालमा भर्ना गरिएको उनकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

नलाई अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। पारिवारिक स्रोतका अनुसार उनकाे शरीरमा अक्सिजनको मात्रा घटेपछि उनलाई आईसीयूमा राखेर उपचार गराइएको छ । सीताको शरीरले बेला बेला श्वासप्रश्वास गर्न नसक्ने भएपछि अक्सिजन दिइएको हो ।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् ।

मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर भएकी हुन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट